
एजेन्सी । जापान सरकारले अत्यधिक गर्मी बढेपछी गर्मीको सामना गर्न नयाँ कार्ययोजना लागू गरेको छ ।
कार्ययोजना अन्तर्गत सरकारले विशेषगरी वृद्धवृद्धाहरूलाई आवश्यक एयर कन्डिसनर प्रयोग गर्न र पर्याप्त पानी प्रयोग गर्न आह्वान गरेको हो ।
अत्यधिक गर्मीको समयमा घरभित्रै बस्न पनि आह्वान गरिएको छ । गर्मीबाट प्रभावित वर्गसँग वातावरण अनुकुल घर नभएको पाइएको छ ।
सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न तथा बालबालिकालाई विद्यालय जाँदा सवारी साधनमा आवश्यक मापदण्ड पुरा गर्न पनि भनेको छ ।
गर्मीका कारण विगत पाँच वर्षको तथ्यांकमा वार्षिक एक हजार २ सय ९५ जनाको ज्यान जाने गरेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्