
विराटनगर । कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिने भएको छ ।
जनता समाजवादी पार्टी कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा रहेको आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।
सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । गत पुस २५ गते लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा जानु भएको थियो । जसपा बाहिरिने भएपछि कार्की नेतृत्वको सरकार संकटमा परेको छ ।
समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरु गरेको छ । गत पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्