
काठमाडौं । संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पहिचानका लागि पहल गर्नुपर्ने निस्कर्ष निकालेको हो ।
समितिले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले औंल्याएका विषयमा महालेखाका पदाधिकारी र सरकारसँग छलफल गर्ने जनाएको छ । समितिले २०७९ चैत्र २६ गते पशुपति क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।
सो अनुगमनको क्रममा देखिएका समस्याहरुको समाधान गर्न समितिले विभिन्न सुझावहरु दिएको हो ।
पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सन्तोषजनक नदेखिएकाले यसतर्फ पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको उपसचिव सरिता राना मगरले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्