२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सिन्धुलीमा अस्पताल तोडफोड र आगजनी


3.926k
Shares

सिन्धुली । सिन्धुलीको दुधौलीस्थित सिथौंली अस्पतालमा मंगलबार राती तोडफोड र आगजनी भएको छ ।

विषालु सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएपछि सर्पदंशको उपचार समयमै हुनुपर्ने माग गर्दै सिथौंली अस्पतालमा तोडफोड र आगजनी गरिएको हो ।

मंगलबार दुधौली नगरपालिका– १ कुर्थाैलीमा सुतिरहेको अवस्थामा विषालु सर्पले डस्दा गणेश पहाडीका दुई छोराहरु १३ वर्षीय ग्रिस पहाडी र ३ वर्षीय गिष्म पहाडीको मृत्यु हुनुको कारण सिथौंली अस्पतालबाट उपचारमा ढिलाइ भएको आरोप लगाउँदै स्थानीयले अस्पताल तोडफोड र आगजनी गरेको बताइएको छ ।

आक्रोशित जमातले मदनभण्डारी राजमार्ग केही घण्टा बन्द गराएका थिए ।