१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरीमा अवैध काठ बरामत


169
Shares

काठमाडौं । महोत्तरीमा झण्डै ८५ लाख रुपैयाँ बराबरको अवैध सालको काठ प्रहरीले बरामत गरेको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेका दुई वटा ट्रक बर्दिबास नगरापालिका ५ मा प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुबै ट्रकबाट १ सय २१ वटा सालको काठको गोलिया प्रहरीले बरामद गरेको हो । काठको गोलियासहित दुबै ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ ।

बरामद गरेको १ हजार ५ सय ३३ क्यूफिट सालको काठ ८५ लाख ५२ हजार ४ सय ४५ मूल्य बराबरको रहेको महोत्तरीका प्रहरीले जनाएको छ ।