
झापा । झापाको बिर्तामोडमा जेठ २७ र २८ गते राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने लागेको हो ।
पुरुष र महिलाका विभिन्न तौल समूहमा खेलाइने प्रतियोगितामा १९ वटा इभेन्ट रहने जनाइएको छ । प्रतियोगितामा सात प्रदेश र आयोजक टीम गरी आठ टीम सहभागी हुनेछन् ।
प्रतियोगितामा खेलाडी र अफिसियल गरी २ सय भन्दा बढीको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्