
काठमाडौं । यस वर्षको युरोपा लिग फुटबलको उपाधि स्पेनको सेभियाले जितेको छ ।
हंगेरीको राजधानी बुडापेस्टमा रहेको पुस्कास एरिनामा बुधबार राती भएको खेलमा इटालीको ए.एस रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेभियाले कीर्तिमानी सातौं पटक युरोपा लिग जितेको हो ।
फ्रान्स विरुद्धको विश्वकपको फाइनलमा अर्जेन्टिनाका लागि पेनाल्टीमार्फत विजयी गोल गरेका गोन्जालो मोन्टिएलले बुधबार सेभियाका लागि पनि विजयी गोल गरे । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइ ब्रेकरमा पुगेको थियो ।
टाइ ब्रेकरमा सेभिया ४–१ ले विजयी भयो । बुधबार रातिको जितसँगै सेभियाले युरोपा लिग फुटबलको फाइनलमा पुगेको सातै अवसरमा उपाधि जित्ने किर्तीमान पनि बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्