२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मलेसियाविरूद्धको पाँच खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित


1.846k
Shares

काठमाडौं । मलेसियाविरूद्धको पाँच खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ ।

बिहीबार भएको सिरिजको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियलाई २७ रनले हराएको हो ।

मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोड्यो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी २७ रन जोडिन् । ज्योती पाण्डेले २३, सीता रानामगरले २१ र इन्दू बर्माले २० रन जोडिन् । बलिङमा मलेसियाकी निक नुरले २ विकेट लिइन् ।

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो । मलेसियाको लागि महिरा इस्माइलले नटआउट ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।

बलिङमा नेपालका लागि कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएपनि दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो । आजको जितसँगै नेपालले सिरिजमा २–१ को अग्रता लिएको छ ।

सिरिजको चौथो खेल शनिबार तथा अन्तिम खेलमा आइतबार हुनेछ ।