१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल र भारतका प्रधानमन्त्रीबीच अग्निपथ र ईपीजीबारे छलफल भएन : क्वात्रा


260
Shares

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच अग्निपथ र ईपीजीको विषयमा छलफल नभएको बताउनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव क्वात्राले यस्तो बताउनु भएको हो ।

विदेश मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पत्रकारले अग्निपथको विषयमा प्रश्न सोधेका थिए ।

जवाफमा क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीले विविध पक्षमा छलफल र सम्झौता गरेपनि अग्निपथ र ईपीजीको विषयमा छलफल नै नगरेको बताउनुभयो ।