६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


धनुषामा चोरी घटनामा संलग्न १३ जना सार्वजनिक


3.744k
Shares

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मितिमा पक्राउ परेका चोरी घटनामा संलग्न १३ जनालाई सार्वजनिक गरेको छ ।

बिहीवार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । चालु आर्थिक वर्ष २०७९÷८० मा हालसम्म चोरी घटनामा पक्राउ परेका ५ सय ९ जनामध्ये चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परेपनि अभद्र व्यवहार मुद्दा दर्तामा गरी १ सय ३१ जनालाई कारागार पठाइएको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका चोरी आरोपमा पक्राउ परेकाहरु सुनका गरगहना, मोटरसाइकल, साइकल र मोबाइल चोरी घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनुभयो । उहाँले भने जिल्ला प्रहरी कार्यालय धनुषाले परिचालन गरेको २५ सदस्यीय टोलीको सहयोगमा पक्राउ गरिएको हो ।

उहाँले जेठ १० गतेसम्म चोरी आरोपमा पक्राउ परेकामध्ये एक जना धरौटीमा छुटेको, ३ जना करागार चलान भएको जानकारी दिँदै बाँकी २३ जनासहित हालको पक्राउ परेका १३ जना गरी ३६ जना अनुसन्धानको क्रममा रहेको जानकारी समेत दिनुभयो । यसका साथै विभिन्न मितिमा बरामद गरिएका १३ वटा मोटरसाइकल सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७ सय फरार प्रतिवादीलाई पक्राउ गरी ६७ लाखभन्दा बढी रकम जरिवाना र साढे ७ करोड रुपैया भन्सार चोरी निकासीबाट बरामद गरिएका सामानबाट राजश्व संकलन गरिएको बताउनु भयो ।

उहाँले धनुषामा चालु आर्थिक वर्षमा हालसम्म ४ सय ३८ वटा चोरी घटना भएकोमा ९९ वटा चोरी घटना मुद्दा दर्ता भएको र पीडितले जाहेरी दिन नमानेपछि चोरी घटनालाई अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको बताउनु भयो ।