
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सार्वजनिक पदमा रहेकाले बालबालिका अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने उर्दी जारी गरेको छ ।
घ्याङलेख गाउँपालिकाले पालिकाभित्रका सार्वजनिक पदमा रहेका व्यक्तिहरुको छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाको बैठकबाट गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछारीलाई कक्षा १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय भएको जनाइएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि उक्त निर्णय गरिएको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्