
काठमाडौं । सिन्धुलीको घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीनजना कर्मचारीको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।
शुक्रबार बिहान भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो जीप सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोशीमा खसेको थियो । त्यसमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमप्रसाद भूर्तेल, प्राविधिक अधिकृत भानु पौडेल र सवारी चालक कृष्णबहादुर चौधरी सवार रहेका थिए ।
चालक चौधरी भने घाइते अवस्थामा पौडिएर बाहिर निस्कन सफल भएका थिए । केसी, भूर्तेल, र पौडेल भने बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार नेपाल प्रहरी,शशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बेपत्ता भएकाको खोजी कार्य जारी छ ।
यसैगरी बेपत्ताहरुको उद्धार र खोजी कार्यका लागि सिन्धुली,रामेछाप,काठमाडौंबाट शशस्त्र प्रहरीको गोताखोर टोली परिचालित भएको छ ।
प्रतिक्रिया दिनुहोस्