१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


मध्यतराईमा रोगको संक्रमण उच्च


325
Shares

काठमाडौं । केही दिनदेखि अत्याधिक गर्मीका कारण मध्य तराईमा विभिन्न रोगको संक्रमण देखिन थालेको छ ।

चन्द्रपुरस्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरो, वाकवाकी, ज्वरो, झाडापखाला, रुघाखोकी, न्यून रक्तचाप र सर्पदंश लगायतका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।

सरकारी अस्पतालमा दैनिक २ सय ५० देखि ३ सय जनासम्मका बिरामी आउने गरेका छन् । बिरामीको चाप बढेसँगै अस्पतालमा शैया समेत अभाव हुन थालेको छन् । शैयाको अभाव भएपछि अधिकांश बिरामीलाई भर्ना नगरी ओपीडीबाटै जाँच गरेर उपचार गर्नुपर्ने बाध्य रहेको अस्पताल प्रशासन शाखाले जनाएको छ ।

गर्मी बढेसँगै जिल्लास्थित सबैजसो सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत बिरामीको चाप बढेको चिकित्सक बताउँछन् ।