१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बचत फिर्ताको माग गर्दै सहकारी पीडितद्वारा बिरोध प्रदर्शन


4.42k
Shares

काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।

सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै माईतीघरदेखि वानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सहकारी वचतकर्ता पीडितहरुले स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दासमेत आफूहको बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए ।

पीडितहरुले आफूहरुले दुख गरेर संकलन गरेको रकम अपचलन हुँदा पनि राज्यले चासो नदेखाएको गुनासो गरेका छन् ।