
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखि रहेको बताउनु भएको छ ।
भारतको ४ दिने औंपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्कनु भएको उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ सो दाबी गर्नु भएको हो ।
प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बताउन पनि आफ्नो भारत भ्रमणले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
उहाँले विगतमा थाँति रहेका विषयहरुलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग खुलस्त कुराकानी भएको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण भविष्यका लागि पनि मार्गदर्शनको रुपमा रहने जिकीर समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्