
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी बजेटमा लयाएको उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रम नयाँ नभएको बताइएको छ ।
आगामी बजेटमा उत्पादन साथमा, अनुदान हातमा नारासहित उत्पादनका आधारमा कृषकलाई अनुदान वितरण गरिने भएको छ । तर, यो विशुद्ध नयाँ कार्यक्रम नभएर अनुदान वितरण गर्ने पुरानो प्रणालीलाई फेरेको मात्रै हो ।
उत्पादनमा आधारित अनुदान भनिएपछि कतिपयले यो नयाँ कार्यक्रम भन्दै अर्थमन्त्री महतको प्रसंशा पनि गरेका थिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिलेसम्म कृषि उत्पादन बढाउन लगानीका आधारमा किसानलाई सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्