
काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबारदेखि बजेटमाथि छलफल सुरु हुने भएको छ ।
बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत आयब्यय अनुमानमाथि छलफल सुरु हुने संसद सचिवालयले जनाएको हो ।
अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्नुभएको थियो । बजेट पेश भएपछि प्रतिनिधिसभाको बैठक पहिलो पटक बस्न लागेको हो ।
बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्