१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै


182
Shares

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरुद्ध परेको रिट निवेदनमा आज सर्वाेच्च अदलतमा सुनुवाई हुँदैछ ।

गत हप्ता वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर गर्नुभएको थियो ।रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाईका लागि पेसी तोकिएको छ ।

गत बुधबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता बिधेयक प्रमाणीकरण गर्नुभएको थियो । अघिल्लो संसदको कार्यकालमा संसदबाट पारित भएको नागरिकता विधेयक अहिले प्रमाणीकरण गर्नु असंवैधानिक भएको रिट निवेदकको दाबी छ ।