१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानमा अध्ययन गरेका पूर्व नेपाली बिद्यार्थीको भेला काठमाडौंमा


897
Shares

काठमाडौं । बिगतमा पाकिस्तानका बिभिन्न शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरेका नेपाली नागरिकको सम्मानमा नेपालस्थित पाकिस्तानी दुतावासले पूर्व बिद्यार्थीको भेला आयोजना गरेको छ ।

उनीहरुले बिभिन्न समयमा पाकिस्तानका शैक्षिक संस्थाहरुमा एमबीबीएस, डी फार्मेसी, बीएस इञ्जिनियरीङ लगायतमा पाकिस्तान प्राविधिक सहायता कार्यक्रम अन्र्तगत छात्रवृत्ति प्राप्त गरेका थिए । सो अवसरमा काठमाडौ बिश्वबिद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले पाकिस्तान सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । पाकिस्तानका प्रख्यात शैक्षिक संस्थाबाट योग्यता हासिल गरेका बिद्यार्थीहरुले उनीहरुको समृद्ध शैक्षिक अनुभवले नेपालको प्रगतिमा योगदान गरेको उहाँको भनाई थियो । उहाँले पाकिस्तान सरकारबाट नेपालको शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा गरेको सहयोग निरन्तर रहने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत एच हसामी साईदले शिक्षा र छात्रवृत्ति कार्यक्रमले नेपाल र पाकीस्तानका बिद्यार्थीबीच मात्र हैन पाकिस्तान र नेपालका जनताबीचको आपसी सम्बन्धलाइ जोड्ने र दरीलो बनाउने काम गरेको बताउनुभयो । उहाँले पाकिस्तान सरकारले नेपाली बिद्यार्थीलाई दिएको छात्रवृत्ति निरन्तर हुने पनि बताउनुभयो । नेपाल र पाकिस्तानको आपसी सम्बन्ध झन बलियो र बिश्वसनीय बन्दै गएको उहाँको भनाई थियो । पाकिस्तान सरकारले नेपालको बिकास, स्वास्थ्य, शिक्षा, खेलकुद र सञ्चार क्षेत्रमा सहयोग गरी रहेको छ । यस अघि पनि काठमाडौको बाँसबारीमा नेपाल पाकिस्तान फ्रेण्डसीप पार्क निर्माण गरेर पाकिस्तान सरकारले दुईदेशबीचको आपसी सम्बन्धलाई ताजा राख्ने काम गरेको छ ।