७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजना इजरायली सैनिकको मृत्यु


247
Shares

एजेन्सी । इजिप्टमा प्रहरी अधिकृतको वर्दीमा आएका बन्दुकधारीको समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन जना इजरायली सैनिकको मृत्यु भएको छ ।

इजरायली सेनाका अनुसार इजिप्टको सीमानामा रहेको सैन्य पोस्टमा इजिप्टका प्रहरी अधिकृतको वर्दी लगाएका बन्दुकधारीले गोली चलाउँदा दुई सैनिकको मृत्यु भएको हो । लागूऔषध तस्करहरूलाई पछ्याउने क्रममा सो घटना भएको बताईएको छ । मारिने सैनिकमा एक महिला पनि छन् ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले घटनाको सम्पूर्ण अनुसन्धान गरिने बताउनुभएको छ । सन् १९७९ मा इजरायलसँग घनिष्ठ सुरक्षा सम्बन्ध स्थापना गर्ने र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने इजिप्ट पहिलो अरब राष्ट्र हो ।