१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणिकरण गरियो : विराजभक्त श्रेष्ठ


130
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएर मात्रै नागरिकता विधेयक प्रमाणिकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरुको विरोध रहेको बताउनुभयो ।

आइतबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणिकरण गरिएको बताउनुभयो ।

यो विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।