१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज विश्व वातावरण दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै


78
Shares

काठमाडौं । आज जुन ५ तारिख । नेपालमा पनि विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ वातावरण दिवस मनाउन लागिएको हो ।

राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ । विभिन्न संघ संस्था, स्कुल कलेज र सरकारी तहमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्न आग्रह गर्नुभएको छ । वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेले घर वरिपरिको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनु पर्नेमा उहाँको जोड छ ।