१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद अवरोध हटाउन सभामुखको पहल


845
Shares


काठमाडौं । प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठक अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर सदनको अवरोध हटाउने बिषयमा छलफल गर्नुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले आर्थिक वर्ष २०८०/८१ को बजेट संसदबाट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै बिपक्षी दलहरुसंग संवाद गर्न प्रधानमन्त्री दाहालसँग आग्रह गर्नुभएको थियो ।

सभामुखसँगको संवादमा प्रधानमन्त्री दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै सोमबारको संसद बैठकमा आफूले प्रष्टीकरण दिने बताउनु भएको पनि सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

नागरिकता बिधेयक प्रमाणीकरण,रेशम चौधरीको आममाफी, प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्नेजस्तो अभिव्यक्ति दिनुभएको भन्दै एमाले लगायत राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आइतबार संसद बैठक अवरोध गरेका थिए । यसमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नलिने बिपक्षी दलको अडान छ ।