
काठमाडौं । वातावरण दिवसको अवसरमा आज काठमाडौं उपत्यकासहित देशभर विश्व वातावरण दिवस मनाइँदै छ ।
सो अवसरमा आज ललितपुरमा र्याली गरिएको छ । वातावरण दिवसको अवसरमा ललितपुरमा विभिन्न विद्यालयका विद्यार्थीहरुसहित आम नागरिकले वातावरण जोगाउन आवश्यक रहेको भन्दै र्याली गरेका छन् ।
नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराकासाथ वातावरण दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । आज वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै दिवस मनाइँदै छ ।
प्रतिक्रिया दिनुहोस्