
काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्रीलाई नेपालको कुनैपनि भूमि विदेशी भूमिसँग साट्ने अधिकार नभएको बताउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा बोलेको बंगलादेशसँगको बाटो नेपालले १९९७ मै पाइसकेको उल्लेख गर्नुभयो । उहाँले नेपालले कुनै जग्गा सट्टाभर्ना गर्ने शर्तमा आफ्नो राष्ट्रियता बन्धक राख्न नमिल्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सिमा समस्या समाधान, इपिजी प्रतिवेदन, सार्कको सम्मेलनको सम्बन्धमा कुनै कुराकानी नभएको भन्दै विरोध जनाउनुभयो । उहाँले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता सम्बन्धि विधेयक निस्क्रिय भइसकेकाले ब्युँझाउन नमिल्ने बताउनु भयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले निस्क्रिय भइसकेको नागरिकता सम्बन्धि विधेयकलाई प्रमाणिकरण गरेको बताउनु भयो । उहाँले अघिल्लो प्रतिनिधि सभाको समय सकिइसकेपछि विधेयक स्वतः निस्क्रिय हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै मृत भइसकेको विधेयकलाई ब्युझाउने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नभएको बताउनु भयो । उहाँले संविधान मिचेर विधेयक प्रमाणिकरण गरेर संसद र जनतालाई दिउँसै ढाटिएको बताउनु भयो ।
उहाँले राष्ट्रपति संसद भन्दा माथि नहुने बताउनु भयो ।सांसद भट्टराईले प्रधानमन्त्रीसँग मृत विधेयकलाई ब्युताउने अधिकार भए द्वन्दकालमा मारिएका १७ हजार मान्छेहरु ब्युताउन चुनौति दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्