
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताउनुभएको छ ।
सोमबार ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री आचार्यले सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर रहेको बताउनुभयो । उहाँले नेपालमा धार्मिक स्वतन्त्रता भएपनि कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्न नमिल्ने बताउनुभयो । स्वेच्छाले जुनसुकै धर्म मान्न पाइने संवैधानिक व्यवस्था भएपनि जबरजस्ती गर्न नहुने उहाँको तर्क थियो ।
उहाँले भन्नुभयो, ‘राज्यको कुनै धर्म हुँदैन । सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर छ । नेपालमा धार्मिक स्वतन्त्रता छ तर, कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती भन्दा पनि स्वेच्छाले जे पनि धर्म मान्न पाइने संवैधानिक व्यवस्था छ, त्यस अनुसार विचार गर्नुपर्छ ।’
मन्त्री आचार्यले राज्यको कुनै धर्म नहुने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्