७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


यू-२० महिला फुटबल टोली म्यानमारमा


195
Shares

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणका लागि नेपाली महिला टोली म्यानमार पुगेको छ ।

नेपाली यू–२० महिला टोली सोमबार दिउँसो म्यानमारको याङगोन पुगेको हो ।

नेपाली टोली आइतबारराति त्यसतर्फ प्रस्थान गरेको थियो । छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालको समूहमा चीन,म्यानमार र चाईनिज ताइपे रहेका छन् । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ ।

यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।