२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजारमा दोहोरो अंकको गिरावट


156
Shares

काठमाडौं । सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

सरकारले शेयर लाभकरमा लगाएको दोहोरो व्यवस्था हटाउने सहमती भएसँगै आइतबार हौसिएका लगानीकर्ता सोमबार फेरि निरास देखिएका छन् । शेयर लगानीकर्तालाई ५ र ७ दशमलव ५ प्रतिशत अन्तिम कर र व्यावसायिक प्रयोजनका लागि कानूनअनुसार कर लाग्ने भन्दै अर्थ मन्त्रालयले नै स्पष्ट पारेसँगै आइतबार शेयर बजारमा ५३ अंकको सुधार देखिए पनि आज अपेक्षाकृत कारोबार हुन सकेन ।

उतार चढावकाबीच १७ अंकको गिरावट आएको बजार परिसुचक १९ सय १ मा पुगेर थामिएको छ । सबै उपसूचक ओरालो लागेको बजारमा कारोबार भने २ अर्ब हाराहारीमा भएको नेप्सेले जनाएको छ । घटेको बजारमा पनि रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले दश प्रतिशत बराबर कमाएका छन् ।

सोमबार १ सय ६६ कम्पनीको मूल्य घट्दा जम्मा ४६ कम्पनीको मात्र मूल्य बढेको छ । सोमबार दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार कित्ता शेयर १ अर्ब ९७ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।