७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


निश्चित घरानालाई करमा छुट दिने गरी सरकारले बजेट ल्यायो : सांसद गैरे


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले निश्चित घरानालाई करमा छुट दिने गरी सरकारले बजेट ल्याएको आरोप लगाउँदै आपत्ति जनाउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा लिँदै उहाँले आफैंले प्रस्तुत गरेको नीति, कार्यक्रम र सिद्धान्त विपरित अर्थमन्त्री प्रकाशशरण महतले बजेट ल्याएको भन्दै यसले सबै क्षेत्रलाई निराश बनाएको जिकीर समेत गर्नुभयो ।

सांसद गैरेले सरकारले ल्याएको बजेटलाई ‘जब्बरजस्ती फुकेको बेलुन’सँग तुलना गर्दै कुनै पनि दिन फुटने र देश बर्बाद हुने बताउनुभयो ।

सांसद गैरेले सबै जिल्लालाई समानुपातिक ढंगले बजेटको व्यवस्था नगरे सरकारविरुद्ध संसद भवनमै आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिनुभयो ।