२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने विषयलाई जसपाले गम्भिरतापूर्वक लिएको छ’


273
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सरकारले संलग्न गराएको भन्ने विषयलाई आफ्नो पार्टीले गम्भिरतापूर्वक लिएको टिप्पणी गर्नुभएको छ ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो प्रतिक्रिया दिनुभएको हो ।

प्रमुख सचेतक यादवले सो विषयबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा जवाफ दिनैपर्ने बताउनुभयो । यादवले अर्थमन्त्री महतले बजेटको छलफलमाथिको छलफलको क्रम सकिएपछि जवाफ दिनुहुने र त्यसमा सो विषयमा दिएको जवाफ चित्त नबुझे आफ्नो पार्टी विरोधमा उभिने स्पष्ट पार्नुभयो ।

प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने समेत बताउनुभयो ।