२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


नेप्से ४ अंकले बढ्दा २ अर्ब माथिको कारोबार


78
Shares

काठमाडौं । मंगलबार दोहोरो अंकले सुधारिएको शेयर बजार बुधबार सामान्य अंकले सकारात्मक रहेर थामियो ।

उतारचढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १९ सय ३२ कायम भएर थामियो । कारोबार रकम भने सुधारिएर सवा दुई अर्ब नाघ्यो ।

बुधबार ५ वटा उप समूहबाहेक बाँकी समूह उकालो लाग्दा बजार सकारात्मक रहन पुगेको हो । बुधबार सामूहिक लगानी कोष, होटल तथा पर्यटन, बीमा र वाणिज्य बैंक समूह ओरालो लाग्दा बाँकी समूह उकालो लागेका हुन् । व्यापार समूहमा सबैभन्दा उच्च झण्डै ५ प्रतिशतको बृद्धि आउँदा बाँकी सामान्य अंकले हरियो रहेका हुन् ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६१ कम्पनीको ६५ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ३६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बुधबार १ सय ३७ कम्पनीको मूल्य बढ्दा ७४ कम्पनीको घटेको छ । बुधबार युनिक नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत कमाएका छन् ।