२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङमा क्यानडा पठाई दिने भन्दै लाखौं रुपैयाँको ठगी


598
Shares

दाङ । दाङ तुलसीपुर– ७ का अंकित अधिकारीले क्यानडा र पोल्याण्ड पठाई दिने भन्दै लाखौँ रुपैयाँ उठाएर फरार भएका छन् ।

पीडितहरुले तुलसीपुरमा पत्रकार सम्मेलन गरी अधिकारीले क्यानडा र पोल्याण्ड पठाईदिने भन्दै नक्कली भिसा र टिकट देखाएर २७ लाख रुपैयाँसम्म उठाएर भागेको बताएका हुन् । तुलसीपुर– २ खैरीपुरका गंगाबहादुर डाँगीले अधिकारीलाई २५ लाख रुपैयाँ बुझाएको बताएका छन् ।

यस्तै, अर्का पीडित रोहित केसीले क्यानडा जानका लागि २७ लाख रुपैयाँ बुझाएको दाबी गरेका छन् । त्यसैगरि अर्का पीडित तुलसीपुर १५ का गगन कार्कीले पनि छोरालाई क्यानडा पठाउन भन्दै १७ लाख रुपैयाँ बुझाएको बताएका छन् ।

अधिकारीले क्यानडा पठाउने भन्दै काठमाडौं समेत बोलाएको बताएका छन् ।