२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधिसभा बैठक बस्दै, आज पनि बजेटमाथि छलफल


156
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ ।

सङ्घीय संसद भवन बानेश्वरमा बिहान ११: ०० बजे बस्ने बैठकमा बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल जारी रहने छ।

बजेटमाथिको छलफल गत सोमबारबाट सुरू भएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको छ ।

त्यस्तै, शुक्रबारको बैठकमा प्रधानमन्त्री दाहालले महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।