
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ ।
बैठक संघीय संसद भवनमा शुक्रबार बिहान ११: ३१ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा बोल्न बाँकी सांसदले आर्थिक वर्ष २०८०/ ८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि को छलफलमा भाग लिइसकेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियाे ।
प्रतिक्रिया दिनुहोस्