
एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा बिहीबार भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
घटनामा ५० जना घाइते भएका छन् । गत मंगलबार विहान आत्मघाती विष्फोटमा मारिएका बदख्सान प्रान्तका डेपुटी गभर्नर निसार अहमद अहमदीको अन्तिम संस्कारका लागि प्रार्थना चलिहरको बेला विष्फोट भएको थियो ।
प्रान्तीय राजधानी फैजाबादमा भएको उक्त विस्फोटमा सो प्रान्तका पूर्व प्रहरी प्रमुख समेत मारिएका छन् । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।
तर, अफगानिस्तानमा सक्रिय आइएस समूहले विष्फोट गराएको आशंका तालिवान सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्