१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वाेच्चले प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश दियो


6.24k
Shares

काठमाडौं । सर्वोच्च अदालतल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता गर्न आदेश दिएको छ ।

सर्वोच्चले शुक्रबार माओवादीका पूर्वलडाकु लेनिन विष्टले आफूलाई बालसैनिकको रुपमा दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध दायर गरेको रिट दर्ता गर्ने आदेश दिएको हो । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।

यस अघि भने उक्त रिट दरपीट भएको थियो । रिटमा दुबै नेतालाई युद्ध अपराधमा कारबाही गर्न अभियोजन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदक बिष्टको माग छ ।