
काठमाडौं। खाद्यवस्तुको चिस्याउने डेरी र भण्डारण गर्नेबारे मेला काठमाडौंमा आजबाट शुरु भएको छ ।
आगामी तीन दिनसम्म चल्ने यो मेलामा नेपाल—भारतका व्यवासयीहरु सहभागी भएका छन् । खाद्यवस्तुको भण्डारण र चिस्याएर राख्ने विषयमा अहिले विश्वमा आएको नविनतम प्रविधिबारे जानकारी दिन मेला आयोजना गरिएको आयोजकले बताएको छ । मेलाले प्रविधि र सामग्री उत्पादक व्यवसायीलाई सहजीकरण गर्ने आयोजकले जनाएको छ । मेलाले व्यवसायी, व्यवसायीबीच सम्बन्ध बनाउने र व्यवसाय बढाउन सहयोग पुग्ने बताइएको छ ।
नेपालमा खाद्यवस्तुको प्रशोधन, चिस्यान र भण्डारणमा प्रयोग हुँदै आएको प्रविधि र सामग्री आयातित छन् । बजार बिस्तार हुँदै गएपनि यसमा प्रयोग हुने प्रविधि र सामग्री नेपालमै उत्पादन गर्न सकिएको छैन । मेलामा आफ्नो प्रविधिको प्रदर्शन गर्न आउनुभएका व्यवसायी इन्जिनियर अनिलकुमार आचार्यले बजार हरेक वर्ष बढ्दै गएको बताउनु भयो । प्रदेश सरकारहरुले चिस्यान केन्द्र चिस्यान भण्डारण घरहरु बनाउने कार्यक्रम ल्याएसँगै कृषक र वयवसायीलाई खुशी बनाएको बताउनु भयो ।
नेपालमा यस प्रकारको प्रदर्शनी पहिलो पटक भएको हो ।
आजबाट शुरु भएको मेलामा नेपाल र भारतका ५० बढी व्यापारी, व्यवसायी सहभागी भएका छन् । मेलामा सामान बिक्री भन्दा पनि व्यवसायी सम्बन्ध बनाउन र प्रविधिबारे ज्ञान, सीप साटासाट गर्न साझा मञ्च हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्