११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रधानमन्त्री दाहाल सत्ता टिकाउने खेलमा : महेश बर्ताैला


208
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री दाहाल देशको हित नभई विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागि परेको उहाँको जिकीर थियो ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा समेत देशको हितको पक्षमा उभिन नसकेको दोहोर्‍याउनुभयो ।

सचेतक बर्तौलाले सरकारले उद्योग क्षेत्रको प्रवद्र्धनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।