१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नमस्ते आई सेन्टर ११ औं वर्षमा प्रवेश, स्थापना दिवसको अवसरमा निःशुल्क आँखा शिविर


221
Shares

काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर १२ मा रहेको नमस्ते आई सेन्टर शनिबारबाट ११ औं वर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसको अवसरमा नमस्ते आई सेन्टरले शनिबार एक दिवशीय निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

यसका साथै, शनिबारदेखि जेष्ठ नागरिकलाई यस सेन्टरबाट उपलब्ध हुने सबै सेवासुविधाहरुमा सहुलियत प्रदान गर्न सुरु गरेको छ ।

निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै काठमाडौ महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले जेष्ठ नागरिकको आँखा सम्बन्धी उपचार निःशुल्क गर्न आग्रह गर्नुभएको छ ।

निःशुल्क उपचारको लागि वडाले आवश्यक सहभोग गर्ने प्रतिवद्धता जनाएको छ । स्थापना कालदेखि नै हरेक वर्ष मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको नमस्ते आई सेन्टरले समय–समयमा स्थानीय बासिन्दाहरुलाई निःशुल्क आँखा जाँच गर्दै आएको छ ।

वरिष्ठ नेत्र विशेषज्ञहरुबाट आँखाका विभिन्न रोगहरुको परिक्षण गर्दै आएको नमस्ते आई सेन्टरले बिरामीहरुको मानसिकतालाई ध्यानमा राखेर स्तरिय परामर्स सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

आई सेन्टरले काठमाडौ महानगरपालिका र वडासँगको सहकार्यमार्फत स्थानिय वासिन्दालाई अझ बढी सेवा सुविधा उपलब्ध राउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नमस्ते आई सेन्टर २०६९ सालमा स्थापना भएको थियो ।