
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैँले चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाउनु भएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्वले बढि हुनु सरकार आफैंले गरेको घोषणा विपरित रहेको बताउनुभयो ।
उहाँले सरकारले खर्च कटौति गर्ने भनेर बजेटमा नै ढाँटेको बताउनुभयो । त्यसैगरी पूँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्व ३१ करोडले बजेट घटाएको तथ्य पनि उपाध्यक्ष पौडेलले औंल्याउनु भयो ।
उहाँले बजेटमा चालू खर्च घटाउने कुरालाई इन्कार गरिएको र पूँजीगत खर्च बढाउने कुरालाई अस्विकार गरिएकाले त्यो असम्भब रहेको दाबी गर्नुभयो ।
उपाध्यक्ष पौडेलले बजेटले रोजगारी वृद्धि, उत्पादन वृद्धिमा ध्यान दिन नसकेको जिकीर समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्