
काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरुको जिल्लामा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
उहाँले सरकारले प्रस्ततु गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने जस्तै रहेको टिप्पणी गर्नुभएको हो ।
आइतबार बिष्टले संसदमा प्रस्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताउनुभयो । उहाँले बजेट औपचारिकतामा मात्रै सिमित भएको बताउनुभयो । उहाँले आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको बताउनुभयो ।
सचिव बिष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको बताउनुभयो । उहाँले बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतिलाई सम्बोधन गर्न नसक्ने भन्दै अर्थतन्त्रले गति लिन नसक्ने दाबी गर्नुभयो ।
सचिव बिष्टले अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्ला नुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको बताउनुभयो । उहाँले विधि मापदण्ड, विवेक र न्यायका आधारमा बजेटको सही रुपमा विनियोजन हुन नसकेको बताउनुभयो ।
सचिव बिष्टले न्याय स्थापित गर्नेगरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहँुच भएका जिल्ला मात्रै बजेट जाने बताउनुभयो । उहाँले सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आश गर्ने भन्दै प्रश्न गर्नुभयो ।
सचिव बिष्टले बजेटलाई सरकारले परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले बजेट निर्माणमा कहाँ चुक्यौँ भनेर सरकारले समिक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यको भुमिका झनै कमजोर बनिरहेको भन्दै सरकारले मुलुकको विशेषतामा आधारित अर्थनीति अपनाउनु पर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले दैनिक जीवनमा सर्वसाधरण जनताले प्रयोग गर्ने आलु, प्याज लगायतका कृषिजन्य वस्तुमा १३ प्रतिशत कर लगाउँदा बजारमा मूल्यवृद्धि भएको बताउनुभयो । सचिव बिष्टले सरकारले आन्तरिक उत्पादनलाई बढवा दिने भनेपनि बजारमा मूल्य जनताको पहँुच भन्दा माथि पुगेको बताउनुभयो । उहाँले सामान्य अवस्थामा रहेक जनतालाई आलु,प्याज लगायत कृषिजन्य वस्तुमा लगाएको करले चुनौति पैदा गरेको बताउनुभयो । सचिव बिष्टले आगामी आर्थिक वर्षमा ११ प्रतिशतसम्म मूल्यवृद्धि पुग्ने संकेत गरेको उल्लेख गर्नुभयो ।
बिष्टले वर्तमान सरकार न्यून आय भएका गरिब जनताप्रति सम्वेदनशिल नभएको आरोप लगाउनुभयो । उहाँले सरकारले जनताको संरक्षण र समाजिक न्यायको भुमिका निर्वाह गर्नुपर्ने भएपनि भोजन मागेका जनतालाई सरकारले महँगी दिएको बताउनुभयो । उहाँले वर्तमान गठबन्धन सरकारले ल्याएको बजेट गरिबका लागि नरहेको दाबी गर्नुभयो । उहाँले वर्तमान सरकारले ल्याएको बजेटले गरिबी नतामा असमानता बढाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्