३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा ४० अंकको वृद्धि


260
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ ।

२.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ । हाइतबार सबै उपसूचकहरु हरियाली देखिएका छन् । सबैभन्दा धेरै लगानी उपसूचक (५.११ प्रतिशत) मा वृद्धिभयो । आइतबार २७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता शेयर किनबेच भएको छ ।

आइतबार ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो । सिटी होटल आइतबारदेखि कारोबारमा आएको हो ।

गुहेश्वरी मर्चेण्ट, रियलाइन्स फाइनान्स, नागरिक लगानी कोषसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । आइतबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड,मेघा म्यूचअल फण्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

नागरिक लगानी कोष, शिवम् सिमेन्टसहितका धितोपत्रको बढी कारोबार भएको छ ।