१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु


481
Shares

काठमाडौं । आबुखैरेनी गाउँपालिका-५ रसौलीमा आइतबार एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो ।

आबुखैरेनी-२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

आबुखैरेनी-५ रसौलीबाट ग ३ क ३९७४ नम्बरको एक्साभेटर अन्दाजी एक हजार पाँच सय मिटर तल खोंचमा खस्दा उक्त दुर्घटना भएको हो ।

एक्साभेटर चालक चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेकाले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।