१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


रोकिएक ठूला भन्सार नाकामै चोरीपैठारी


403
Shares

काठमाडौं । जेठ २ मा इलामको सूर्योदय नगरपालिका -२ स्थित मानेभन्ज्याङ सीमा इलाका बाट सशस्त्र प्रहरीले करिब ९ लाख रुपैयाँ बराबरका ११ कार्टुन चुरोट, १४ थान कपडा र ३५ कार्टुन चाउचाउ बरामद गर्‍यो ।

जेठ ३ मा रुपन्देहीको रोहिणी गाउँपालिका -१ स्थित बगाहा इलाकाबाट सशस्त्र प्रहरीले ७ लाख ८२ हजार रुपैयाँ बराबरका लत्ताकपडा बरामद गर्‍यो । जेठ ३ मा नै रौतशहटको बौधिमाई नगरपालिका ५ स्थित कोपवाबाट सशस्त्र प्रहरीले २ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान र नक्कली गरगहना बरामद गर्‍यो ।

जेठ १० मा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका -१ आँपबगैंचा इलाकाबाट सशस्त्र प्रहरीले २२ लाख ३० हजार रुपैयाँ बराबरको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आइटम्स, मोटरपार्टस् र लत्ताकपडा बरामद गर्‍यो ।

जेठ १८ मा धनुषाको जनकपुरधाम उपमहानगरपालिका -२० स्थित देवपुर पैठा इलाकाबाट सशस्त्र प्रहरीले १५ लाख ५४ हजार रुपैयाँ बराबरको चोरीपैठारी गरी ल्याएका जुत्तासहित पिकअप गाडी नियन्त्रणमा लियो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।