२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेको प्रश्नको जवाफ दिने


169
Shares

काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ ।

बैठकमा सोमबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/ ८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि सोमबार पनि रहेको छ ।

प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री महतले आइतबार नै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै साेमबार लागि सारिएको हो । 

अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवस्था गरिएका कतिपय करका दर र नयाँ व्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोधसमेत गरेका छन् ।

बजेटमाथि सोमबार पनि सांसदहरुले आ-आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबारदेखि बजेट माथि छलफल सुरु भएको हो ।