२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तोलामा एक सय रूपैयाँले घट्यो सुनको मूल्य


494
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य सोमबार १ सय रुपैयाँले घटेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत सोमबार १ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको थियो ।

चाँदीको भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।