
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोग्राम लागु औषध चरेससहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने ६३ वर्षीय जर्मन नागरिक पउल वेर्सट रहेका छन् ।
उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले सोमबार बिहान पक्राउ गरेको हो ।
टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका उनलाई पक्राउ गरेर लागु औषध नियन्त्रण ब्यूरोको जिम्मा लगाइएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले बोकेको सुटकेसबाट ६ किलो ८६० ग्राम चरेस बरामद भएको छ । उनले ठूलो सुटकेसभित्र अरु दुईवटा सुटकेस हाली कपडासँगै कालो कार्बनले बेरेर चरेस लैजान लागेका थिए ।
प्रतिक्रिया दिनुहोस्