१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुग्ध विकासबोर्ड खारेजीको निर्णय फिर्ता लिन सरकारसँग माग


1.755k
Shares

काठमाडौं । नेपाल डेरी साईन्स एशोसिएशनले दुग्ध विकास बोर्ड खारेजीको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

एशोसिएसनका अध्यक्ष टेकबहादुर थापाले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बोर्डलाई खारेज गर्ने भनेर गरेको घोषणाप्रति एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसलाई तत्काल फिर्ता लिन माग गर्नु भएको हो ।

इमेज खबरसँगको कुराकनीमा अध्यक्ष थापाले देशको कूल गाहस्थ उत्पादन (जीडीपी) मा डेरी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै त्यसलाई बेवास्था गरी हचुवाका भरमा निर्णय गरिनु गलत भएको बताउनु भयो । उहाँले राष्ट्रको ग्रमीण अर्थतन्त्रमा दुग्ध क्षेत्रको भूमिका,आय आर्जन,ग्रामीण रोजगारी, उत्पादनबृद्धि लगायतमा ठूलो योगदान रहँदा रहँदै सरकोकारवाला निकाय,बिज्ञ,कृषक,उद्योगी व्यवसायी कसैसँग पनि छलफल नगरी कृषि क्षेत्रको विकासमा लगाम लगाउन खोज्नु सरकारको निर्णय सही नभएको भन्दै असन्तुष्टि पोख्नु भयो । अध्यक्ष थापाले प्रदेश स्तरमा बोर्ड गठन गरेर ठूलो बजेट विनियोजन गरिरहेको अवस्थामा,केन्द्रीय बोर्डलाई भने प्रदेशको जति पनि बजेट बिनियोजन नहुनु दुखःद भएको उल्लेख गर्नभयो ।

राजनीतिक हस्तक्षेपका कारण कमजोर भएको बोर्डलाई बिशेषज्ञ ब्यक्ति नियुक्त गरेर सवल र सक्षम बनाउनुको सट्टा कुरै नबुझी बोर्ड नै खारेजको घोषणा गर्नु उपयुक्त नभएको उहाँको भनाई छ । छिमेकी मुलुक भारतले दुधको क्षेत्रमा विश्वभर प्रख्याती पाइरहेको अवस्थामा नेपालमा भने बोर्ड नै खारेज गर्नु गलत भएको थापा बताउनुहुन्छ ।