२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बृहद् लुम्बिनी क्षेत्रमा ६ सय ५२ वटा सारस फेला परे


1.183k
Shares

काठमाडौं । लुम्बिनी क्षेत्रमा ६ सय ५२ वटा सारस फेला परेका छन् ।

नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सर्वेक्षणका क्रममा दुर्लभ श्रेणीमा रहेका ६ सय ५२ वटा सारस सो क्षेत्रमा फेला परेको हुन् । यस भन्दा अगाडि यो क्षेत्रमा कति सारस थिए भन्ने यकिन थिएन । सारसलाई नेपालका ९ वटा संरक्षित पक्षीहरुको सूचीमा राखिएको छ । डब्लुडब्लुएफ नेपाल र इन्टरनेशनल क्रेन फाउन्डेसनको आर्थिक सहयोगमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र परासीमा अध्ययन सर्वेक्षण गरिएको हो ।

२८ जनाको १४ वटा टोलीले गरेको सर्वेक्षणका क्रममा कपिलवस्तुमा २ सय, रुपन्देहीमा ३ सय ८२ र परासीमा ७० वटा सारस भेटिएका हुन् । गत अप्रिल र मे महिनाको बीचमा बृहत् लुम्बिनी क्षेत्रमा ९३ वटा, ५–५ किलोमिटर ग्रिडहरूमा टोलीले बृहत् व्यवस्थित सर्वेक्षण गरेको थियो ।

सारस विशेष गरी कपिलवस्तुका जगदीशपुर कृत्रिम ताल र बझाहा ताल, रुपन्देहीका विष्णुपुरा, गैंडहवा ताल, खडैया इटा भट्टा, दुई मुहान, माझगाउँ, औरधौली पूर्व, बबई दुर्गा मन्दिर, आजमघाट तथा परासीको नन्दन तालमा गणना गरिएको हो ।