१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुपर्नेमा अध्यक्ष नेपालको जोड


221
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरुका बीचमा केही मतान्तर हुनु स्वभाविक रहेको बताउनु भयो । उहाँले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताउनु भयो ।

उहाँले सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्‍याउने शक्तिहरु र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरु रहेको जिकिर गर्नुभयो । उहाँले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गर्नुभयो । अध्यक्ष नेपालले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरुको नरहेको बताउनु भयो ।

अध्यक्ष नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले आफ्नो महत्व र भूमिकालाई अस्वीकार गर्नेहरुको चुनौतिको सामना गर्ने बताउनु भयो ।